default_image

3 years ago

October 11, 2022

ओलम्पिक टर्च लुम्बिनी हुँदै पोखरा पुर्याइने

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च लुम्बिनी हुँदै पोखरा पुर्याइने भएको छ ।

उमेश मास्केको संयोजकत्वमा रहेको टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल पोखरा पुर्याइने छ । ओलम्पिक टर्च लाने टोलीमा ओलम्पियनहरु मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी रहेकी छिन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गर्नेछन् ।

लुम्बिनी विकास कोषको सहकार्यमाल बिहीबार बिहान लम्बिनीको शान्तिदिप अगाडि ओलम्पिक टर्च राखिनेछ । त्यसपछि ओलम्पिक टर्च पोखरा लगिने नेपाल ओलम्पियन्स संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।

सोही टर्च पोखरामा अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ । सोही टोलीले ओलम्पिक टर्चले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने बताइएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.