default_image

3 years ago

October 11, 2022

बोगटीले नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक फ्लेम प्रज्वलन गर्ने

598 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उदघाटनका अवसरमा ओलम्पिक फ्लेम प्रज्वलन गण्डकी प्रदेशका जेष्ठ ओलम्पियन टिकाबहादुर बोगटीले गर्ने भएका छन् ।

त्यसअघि ओलम्पिक टर्च पाँच सदस्यीय टोलीलगायतले उद्घाटनका अवसरमा पोखरा रंगशालामा परिक्रमा गराउनेछन् । उक्त टोलीमा ओलम्पिक बोगटीसहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी रहनेछन् ।

त्यसमध्येका जेष्ठ सदस्य बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने कार्यक्रम तय भएको नेपाल ओलम्पियन्स संघका महासचिव समेत रहेका भण्डारीले जानकारी दिए । बोगटी सातौं दक्षिण एसियाली खेलकुद (साग) का म्याराथनतर्फका स्वर्ण पदक विजेता हुन् । उनले दुई पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

उमेश मास्केको संयोजकत्वमा रहेको सात सदस्यीय टोलीले काठमाडौं बाट लुम्बिनी हुँदै पोखरा पुर्याउने ओलम्पिक टर्च बोगटीको नेतृत्वमा रहेको टोलीलाई हस्तान्तर गर्नेछ । ओलम्पिक टर्च लुम्बिनी हुँदै पोखरा पुर्याउने र परिक्रमा गराउने ओलम्पियनको नाम ओलम्पियन्स संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई सिफारिस गरेको हो ।

असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि महिला क्रिकेट, फेन्सिङ र ह्यान्डबलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । पुरुष क्रिकेट गत महिना नै काठमाडौं सम्पन्न भइसकेको छ । नवौंमा ७ प्रदेश, ३ विभाग र एनआरएनए गरि ११ टोलीको सहभागिता रहनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.