default_image

3 years ago

October 13, 2022

नवौं राष्ट्रिय खेलकुद – ६ हजार बढी खेलाडी, ४ सय ४ स्वर्ण पदक

341 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) र एनआरएनएगरि ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । नवौंमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ । तर, उद्घाटनको अघिल्लो दिन सम्म पनि रजत र कास्य पदकको संख्याको बारेमा राखेपले जानकारी दिएको छैन।

रंगशालामा दिउँसो ४ बजे सुरु हुने उद्घाटनमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशबाजी सहित विविध मनोरन्जनात्मक कार्यक्रम गरिने बताइएको छ ।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि ११ टिमहरुको मस्कट सहित मार्च पास नवौं राष्ट्रिय खेलकुद गित प्रस्तुती इन्दिरा जोशी र काली प्रसाद अधिकारी साथमा विवोइङ प्रदर्शन हुनेछ ।सातौं दक्षिण एसियाली खेलकुद (साग) का स्व्र्ण पदक विजेता तथा ओलम्पियन गण्डकी प्रदेशका टिकाबहादुर बोगटीले ओलम्पिक फेल्ममा प्रज्वलन् गर्नेछन् ।

राखेपले कास्की बाहेकका जिल्लामा सुरु भएका खेलका सहभागी टोली सम्बन्धित जिल्लामा पुगिसकेको जनाएको छ । तेक्वान्दो र महिला भलिबल म्याग्दीमा र बुद्धिचाल गोरखामा बिहीबार सुरु भएको छ । सहभागी सबै खेलाडीलाई खेल पोशाक सहितको किट्स उपलब्ध गराइएको राखेपले जनाएको छ । खेलाडी तथा अफिसियलहरुको बसोबाससहित होटबाट खेलस्थल आउने जानेको यातायात व्यवस्थापन पनि गरिएको बताइएको छ ।

महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा असोज २३ गते तथा असोज २४ गतेबाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल सुरु भएका थिए । अहिले सम्म बागमती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ कास्य, एपिएफ क्लबले १ स्वर्ण ३ रजत र ६ कास्य, सुदुर पश्चिमले १ स्वर्ण र ३ कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ ले ३ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक जितेका छन् ।

नवौंको उद्घाटन र समापन तथा टिम इभेन्ट्सका सेमिफाइल र फाइनल खेल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने राखेपले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.