default_image

2 years ago

June 30, 2023

लुम्बिनीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

272 views

0 Bookmark

भैरहवा (हाम्रो खेलकुद)– प्रदेश खेलकुद परिषद्, लुम्बिनकिो आयोजनामा शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरसहित ६ जना ओलम्पियन र आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तेक्वान्दोका कोशिसबहादुर खड्काले रुपन्देही जिल्लाका विभिन्न विद्यालयका विधार्थीहरुसँग अन्र्तरक्रिया गरेका थिए ।

४ पटकका ओलम्पिकमा भाग लिएका मानन्धरसहित अन्य ओलम्पियनमा भारोत्तोलनका सुरेन्द्र हमाल, शुटिङकी पार्वती थापा, एथलेटिक्सका राजेन्द्र भण्डारी, सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट अन्र्तक्रियामा सहभागी भएका थिए । ओलम्पियन र सागका स्वर्ण विजेता खड्काले आफ्नो खेलजीवन संघर्ष र सफलताका बारेमा विधार्थीहरुलाई बताएका थिए ।

विधार्थीहरुले पनि ओलम्पियनहरुसँग नेपालीले ओलम्पिकमा पदक जित्न नसक्नुको कारण के हुन सक्छ भनेर प्रश्न गरेका थिए । खेलेर नै बाच्ने अवस्था नेपालमा छ कि छैन भन्ने जिज्ञासा पनि विधार्थीहरुले राखेका थिए । एक विधार्थीले प्रतियोगितामा पराजित हुने खेलाडीहरुलाई किन अपमान गरिन्छ भन्ने जस्ता प्रश्न पनि गरेका थिए । एक विधार्थीले खेलाडीका लागि खानपान कति महत्वपूर्ण हुन्छ भनेर प्रश्न गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गरेका थिए । मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक र नीजि विद्यालयका ५ सय बढी विधार्थीको सहभागिता रहेको थियो ।

प्रदेश खेलकुद विकाससँगको सहकार्यमा ओलम्पियन्स संघले गत वर्षबाट विभिन्न प्रदेशमा स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । स्कुलले विधार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कन सम्भावना रहेकोले कार्यक्रम सन्चालन गरेको संघले जनाएको छ । संघको समन्वयमा यसअघि सुदूरपश्चिमको धनगढी, कन्चनपुर, कर्णालीको जुम्ला र सुर्खेत तथा कोशीको इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको थियो ।

November 6, 2025

नेपालसँग श्रीलंका पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]

November 5, 2025

नेपाल र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]

November 4, 2025

इडब्लुभीका बाँकी खेल यसै महिना हुने 

काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को‌ आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]

Success

Thank you for your time.