default_image

2 years ago

August 13, 2023

श्रेष्ठ एसियन ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकार चयन

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसियन ट्रायथलन संघका अध्यक्ष राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजको सिनियर सल्लाहकार चयन भएका छन् ।

साउदी अरेबियाका राजकुमार अजिज जुन २३ मा जापानमा भएको ल अफ एसियाअन्तर्गतको कार्यकारी चुनावी साधारण सभाबाट एसियन ट्रायथलनको अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिकार्यालयका सदस्य तथा शैक्षिक कमिटीका अध्यक्ष हुन् ।

अजिज वेस्ट एसिया ट्रायथलन संघका अध्यक्ष तथा साउदी अरेबिया ओलम्पिक कमिटीका समेत अध्यक्ष हुन् । रियादमा चुनावपछिको पहिलो तथा ९० औं कार्यकारी बैठकमा अजिजले नेपाल ओलम्पिक कमिटी (एनओसी) का श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहरमा नियुक्त गरेको एनओसीले जनाएको छ ।

श्रेष्ठ विश्व ट्रायथलन अन्तर्गतको एनओसी रियलेसन कमिसनका सदस्य तथा ओलम्पिक काउन्सिल अफ एसियाको कल्चर कमिसनका सदस्य समेत हुन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.