1 year ago
October 6, 2023
सुबास हुमागाईं, हाङ्गचौ
करातेका विप्लवलाल श्रेष्ठले १९औं एसियाली खेलकुद (एसियाड ) मा कास्य पदकबाट चुकेका छन् ।
चीनमा जारी एसियाडमा विप्लव ८४ केजी माथिको तौल समूहको तेस्रो स्थानको प्रतिस्पर्धामा साउदी अरेबियाका खेलाडीसँग पराजित भएका हुन् ।
पहिलो खेलमा ताजिकिस्तानका खेलाडीलाई १२- ४ ले हराएका विप्लव अर्को खेलमा कीर्गिस्तानका खेलाडीसँग ५-१ ले पराजित भएका थिए ।
विप्लव ४ वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।
October 9, 2024
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकास कार्यक्रम विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई मनोनित गरेको छ । खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेशको समग्र खेल क्षेत्रको विकासका लागि सल्लाह सुझाव तथा आवश्यक नीति निर्माणमा सहयोग हुने विश्वासका साथ थापालाई जिम्मेवारी दिएका हुन् । खेलकुदसंग सम्बन्धित विकास […]
October 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् । साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल तथा दोश्रो राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा अर्को महिना आयोजना हुने भएको छ । काठमाडौं स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा कात्तिक ५ देखि ७ गते सम्म हुने राष्ट्रिय ब्लिट्ज उपाधि विजेताले २० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले १४ , तेस्रोले ९, […]