2 years ago
October 7, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – गणेश गुरुङ १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको आठौं भएका छन् ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनल चरणमा गणेश आठौं भएका हुन्। उनले कोरिया र हङकङका खेलाडीलाई पछि पारेका थिए। यसअघि शनिबार नै गणेश शीर्ष दशमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।

शुक्रबार हिट चरणमा शीर्ष १६ मा पर्दै गणेश सेमिफाइनल चरणमा पुगेका थिए । फाइनल चरणमा दश खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । चिनिया खेलाडीले स्वर्ण, जापानका खेलाडी रजत र चाइनिज ताइपेका खेलाडीले कास्य पदक जिते ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]