2 years ago
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)- पिकलबल संघ नेपालको आयोजनामा फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।

सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको छ।
नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरि १ सय २० खेलाडीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ।
टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष,३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।
महिला पुरुष सिगंल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको आयोजकले जानकारी दिएको छ।

संघका अध्यक्ष मुकुन्द (सौरभ) भण्डारीले पिकलबल
नेपालमा नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको आयोजना गर्ने योजना रहेको बताए ।
पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो।
टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए । विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]