default_image

7 months ago

January 6, 2024

ट्रायथ्लोनको अध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित

488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठ पुनः निर्वाचित भएका छन् । ललितपुरमा शनिबार सम्पन्न चुनावी साधारण सभाले २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा गण्डकी प्रदेशका पूर्व सांसद दीपक कोईराला, उपाध्यक्ष द्वयमा सुमन देवकोटा र पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सचिवमा मिकेन महर्जन र कोषाध्यक्षमा निरज श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा युवराज सुनुवार, श्रृजना त्रिपाठी, रेणुका देवी सिटौला, रचना सिंह, दिवाकर राज श्रेष्ठ, दामोदर अर्याल पनि निर्विरोध चुनिएका छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषद्को बरिष्ठ अधिकृत ज्योती राईको नेतृत्वमा अधिकृत बासुदेव निरौला र सहायक प्रथम राजेश बहादुर श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले प्रमाण पत्र वितरणका साथै गोप्यताको सपथ ग्रहण गराएका थिए ।

संघको आजै सम्पन्न बैठकले संघको विधान बमोजिम सदस्यहरु मध्येबाट अध्यक्षले चयन गर्ने महासचिवको पदमा युवराज सुनुवारलाई मनोनित गरेको छ ।
यस्तै उपाध्यक्षमा गण्डकी प्रदेश सांसद प्रकाश बराल, सुजिता बराल, सदस्यहरुमा गोपाल बहादुर बमजन, पुष्प रत्न बज्राचार्य, अमृत गुरुङ्ग र प्रदेशबाट नेतृत्व गर्ने गरि बागमती प्रदेशबाट ज्ञान कृष्ण प्रजापती, गण्डकी प्रदेशबाट अनिता रानाभाट र कर्णाली प्रदेशबाट गणेश शाहीलाई मनोनित गरेको छ ।

हाल संघले गठन गरेको चार प्रदेश मध्ये लुम्बिनी प्रदेशबाट सदस्य चयन हुन बाँकी रहेको छ । यस्तै प्रदेश संघका कार्यसमिति अध्यक्षहरु संघको पदेन सदस्य रहने विधानमा प्रावधान रहेको छ ।

यसैगरि संघको बैठकले विभिन्न कमिशन समेत गठन गरेको छ । जसमा रचना सिंहको अध्यक्षतामा रेणुका देवी सिटौला र चाहना शाह सदस्य रहेको जेण्डर इक्विटी कमिशन, डा. सुशन बैद्यको अध्यक्षतामा एन्टी डोपिङ्ग कमिशन, डां. प्रेम बैद्यको अध्यक्षतामा डा. नमिता श्रेष्ठ र डा. उमेश पराजुली सदस्य रहेको मेडिकल कमिशन गठन भएको छ ।

त्यस्तै शुभ श्रेष्ठको अध्यक्षतामा विनोद तण्डुकार सदस्य रहेको कोचेज कमिशन र पुष्प रत्न बज्राचार्यको अध्यक्षतामा अमिश महर्जन सदस्य रहेको टेक्निकल कमिशन समेत गठन गरेको संघले जानकारी दिएको छ।

July 26, 2024

काभा नेसन्स लिग – नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले काभा वमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्ने भएको छ। नेपालसहित ५ राष्ट्रको सहभागिता साउन १७ गते नेसन्स लिग सुरु हुँदैछ। नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले नेसन्स लिगको‌ उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेसन्स लिगको ट्रफी सार्वजनिक गरेको छ । गैर आवासीय […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 25, 2024

महर्जन बागमतीको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- पुराना करातेकर्मी मीन कृष्ण महर्जन बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री‌ नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् । महर्जनसँगै कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने र बिमल […]

Success

Thank you for your time.