2 years ago
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठले आफ्नो स्वागत र बधाइ कार्यक्रममा दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई सही बाटोमा ल्याउन ऐनमा रहेर कारबाही गर्न पछि हट्न नहुने बताएका हुन् ।
मन्त्री श्रेष्ठले सम्भावनाका आधारमा खेल संघहरूलाई प्राथमिकतामा राखेर लगानी गर्नुपर्ने अवस्थामा राज्य रहेको बताउदै खेलका इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र लगानी गरिने बताए ।
मन्त्री श्रेष्ठले सबै एकैपटक सफल हुने वातावरण सिर्जना गर्न सबैले एकभएर प्रयास गर्नु पर्नेमा जोड दिदै नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने बताए ।
राखेपका उपाध्यक्ष शिव कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे । राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्ष बारे जानकारी गराउदै सामूहिक प्रयासबाट कर्तब्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको राखेपले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]