1 year ago
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अर्को साता हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सात प्रदेशका ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् ।
वैशाखको ४ गते देखि ६ गते सम्म हुने प्रतियोगितामा ६ खेलमा ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने त्रिपुरेश्वरस्थित राखेपमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेल समावेश छन् ।
एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेका कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
एथलेटिक्सको छात्र/छात्रामा समान १३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा वैशाख ४ गते उद्घाटन गर्ने जानकारी दिइएको छ ।
प्रतियोगिताको कुल ११ लाख ५२ हजार रुपैयाँ पुरस्कार रहेको छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष ३ स्थान प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । टिम च्याम्पियनको उपाधि जित्ने टोलीले नगदसहित नयाँ रनिङ सिल्ड प्राप्त गर्नेछ ।
लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे । समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ नेपाल सरकारले विनियोजन भएको छ । राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रुपैयाँ बढी भएको जानकारी दिए ।
सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए ।
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]
April 21, 2025
पर्थ (हाम्रो खेलकुद) – न्यु साउथ वेल्स (एनएसडब्लु) ले नेपालीहरूको मिनी ओलम्पिक मानिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अन्र्तगत भलिबलमा उपाधि जितेको छ । साविकको विजेतासमेत रहेको न्यु साउथ वेल्सले नेपाली राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिकको अलराउन्ड प्रदर्शनमा आइतबार भएको फाइनलमा आयोजक पश्चिम अस्ट्रेलिया पर्थलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो पटक […]
April 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]