default_image

2 years ago

May 31, 2024

आठौं पिएम एनभिएल भलिबल लिग – ८ दिनमा ४७ खेल

1912 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आठौं पिएम एनभिए भलिबल लिगमा ८ दिनमा ४७ खेल सन्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा लिग शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ ।

संघले निकालेको खेल तालिका निकै व्यस्त रहेको छ । जस अनुसार पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बुढानिलकण्ड भलिबल क्लबबीच शनिबार बिहान ९ बजे खेल हुनेछ ।

शनिबार दिउँसो ३ः०० बजे महिलातर्फको पहिलो खेल एपिएफ र चन्द्रागिरी नगरपालिका महिला भलिबल टोलीबीच हुनेछ । पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फका २ खेल हुनेछन् । ८ मध्ये ७ दिन लिग चरणका खेल हुनेछन् । लिगको चौथो दिन जेठ २२ गते ७ खेल र बाँकी दिन ६ खेल हुनेछन् ।

अन्तिम दिन जेठ २६ गते महिला र पुरुषतर्फको तेस्रो स्थान र फाइनल गरि ४ खेल हुनेछन् । महिलातर्फ १७ र पुरुषतर्फ ३० गरि गरि लिगमा ४७ खेल हुनेछन् । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला तर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले प्र्रतिस्पर्धा गर्नेछन् ।

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलकिा खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् । लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट हुनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.