2 years ago
June 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो।
एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपिएफ गण्डकी प्रदेश संग पराजित भएको थियो।
पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले दोस्रो सेट खेलमा फर्कियो। पुलिसले २५-२३ ले सेट जित्दै १-१ को बराबरी गर्यो। तेस्रो सेटमा एपिएफले १४-२५ ले जित्दै पुनः अग्रता बनायो।
त्यसपछि पुलिसले २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गर्यो। पाँचौ तथा अन्तिम सेटमा पुलिस १५-१३ ले विजयी भयो र प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्यो ।
त्यसअघि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेका छन् । आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१५,२५-२०,२५-२० ले हराएको थियो। अर्को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५-२२,२५-२२,२५-१८ ले हराएको।
त्यसअघि पिएम एनभिए भलिबल लिगमा पुलिसको महिला टोलीलर लगातार दोस्रो जित हासिल गरेको छ ।
पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको थियो। पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।
पहिलो दिन शनिबार पुलिसले आर्मीलाई ३–२ सेटले हराएको थियो । न्यू डायमण्डले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएको थियो ।
त्यसअघि दिनको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० ले हराएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]