default_image

2 years ago

June 2, 2024

टिप टपको दोस्रो जित, पुलिसले एपिएफलाई हरायो

2651 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को  एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा एपिएफ गण्डकी प्रदेश संग पराजित भएको थियो। पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले दोस्रो सेट खेलमा फर्कियो। पुलिसले २५-२३ ले सेट जित्दै १-१ को बराबरी गर्यो।

तेस्रो सेटमा  एपिएफले १४-२५ ले जित्दै पुनः अग्रता बनायो। त्यसपछि पुलिसले २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गर्यो। पाँचौ तथा अन्तिम सेटमा पुलिस १५-१३ ले विजयी भयो र प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्यो ।

दिनको अन्तिम खेलमा टिप टप हेल्प नेपालले कोशी प्रदेशलाई ३-० ले हराउँदै लगातार दोस्रो खेल जित्यो। हेल्प नेपाल २५-१४,२५-२१,२५-१४ ले विजयी भएको हो।

त्यसअघि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेका‌ छन् । आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१५,२५-२०,२५-२० ले हराएको थियो। अर्को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५-२२,२५-२२,२५-१८ ले हराएको।

त्यसअघि पिएम एनभिए भलिबल लिगमा पुलिसको महिला टोलीलर लगातार दोस्रो जित हासिल गरेको छ ।
पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको थियो। पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो दिन शनिबार पुलिसले आर्मीलाई ३–२ सेटले हराएको थियो । न्यू डायमण्डले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएको थियो ।

त्यसअघि दिनको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० ले हराएको थियो ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.