default_image

2 years ago

June 3, 2024

आर्मीसँग पनि एपिएफको हार

3110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश संघले आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ लगातार जित निकालेका छन् । त्यस्तै महिला एपिएफ र एभरेष्ट भलिबल क्लबले जितलाई निरन्तरता दिएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा तेस्रो दिन सोमबार एपिएफले कर्णाली प्रदेशलाई २५–७,२५–७,२५–९ ले हरायो । एपिएफको यो लगातार तेस्रो जित हो । एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच चुनिइन् ।

च्याम्पियसिपमा दोस्रो जित निकाल्ने क्रममा एभरेष्टले आर्मीलाई २५–१५,२५–१९,२५–१९ ले पराजित गर्यो । आर्मीको यो लगातार तेस्रो हार हो । एभरेष्टकी केपी अनुश्री प्लेयर अफ दी म्याच घोषित भइन् ।

पुरुषतर्फ पुलिसले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–२०,२५–१९,२५–१८ ले पराजित गर्यो । पुलिसका कप्तान इम राना मगर प्लेयर अफ दी म्याच चुनिए । अर्को खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई २५–१९,२५–२०,२५–२२ ले हरायो । हेल्प नेपालका अद्नान खान प्लेयर अफ दी म्याच घोषित भए ।

अर्को खेलमा आर्मीले एपिएफलाई २५–२२,२५–२०, २५–२३ ले हरायो । आर्मीका इश्वर थापा प्लेयर अफ दी म्याच चुनिए । एपिएफ लगातार तेस्रो खेलमा पराजित भएको छ ।

दिनको अन्तिम खेलमा गण्डकीले कोशी प्रदेशलाई २५–२१,२५–१९,२५–२० ले हरायो । गण्डकीका हिमाल सुनारी प्लेयर अफ दी म्याच घोषित भए । आर्मी, पुलिस, हेल्प नेपाल र गण्डकीले लगातार तेस्रो खेलमा जित निकाल्दा एपिएफ भने यसपटक कमजोर देखिएको छ ।

प्रतियोगितामा मंगलबार पुरुषतर्फ ४ र महिलातर्फ ३ गरि ७ खेल हुनेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.