default_image

1 year ago

June 7, 2024

गण्डकी र हेल्प नेपाल लिगको फाइनलमा भिड्ने

4620 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा खेल्ने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै गण्डकी शीर्षस्थान र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो ।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै गण्डकीले हेल्प नेपालसँगको भेट पक्का गरेको हो। गण्डकीले पुलिसलाई २५–१८, २५–२२ र २५– ले हराउँदै फाइनलमा यात्रा तय गरेको हो ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको थियो। हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१५ र २५–२१ ले हराएको थियो । लिग चरणमा गण्डकीले हेल्प नेपाललाई ३–२ ले हराएको थियो । १४ अंकको पुलिस र १२ अंक जोडेको आर्मी तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । आजै भएको पुरुषतर्फको दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको छ ।

हो। एपिएफले सुदूरपश्चिमलाई २५–१६,२५–२१ र २५–२२ ले पराजित गर्यो । पुरुषतर्फको पहिलो खेलमा बुढानिलकण्ठले कोशी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्यो । बुढानिलकण्ठ २५–२३, १२–२५, २५–१२, १८–२५ र १४–१६ ले विजयी भएको हो ।

महिलातर्फको एभरेष्ट भलिबल क्लब र पुलिस क्लब फाइनलमा भिड्नेछन्। तेस्रो स्थानका लागि आर्मी र एपिएफ क्लब भिड्नेछन् । लिगको अन्तिम दिन एपिएफले आर्मीलाई २५–१९,२५–१०,२५–१८ ले हरायो । अर्को खेलमा एभरेष्टले पुलिसलाई २५–२०,२६–२४,२५–२०,२५–१९ ले पराजित गरेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.