1 year ago
June 19, 2024
सुमन अधिकारी, बुटवल
नेपाल भलिबल संघको आयोजनामा असार ९ गतेबाट काठमाडौंमा सुरु हुने प्रथम सहाना प्रधान यु १९ महिला तथा पुरुष भलिवल प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको १२ सदस्यीय महिला टोलीको बुटवलमा छनोट भएको छ ।
प्रदेश भलिबल संघको अनुगमनमा संघका उपाध्यक्ष यम गुरुङ, रेफ्रि बुद्धि बशस्यालसहितको उपस्थितिमा भएको छनौटमा विभिन्न जिल्लाबाट सहभागी २८ जनाबाट टोलीको छनोट गरिएको राष्ट्रिय प्रशिक्षक अर्जुन घिमिरेले बताए ।
घिमिरेका अनुसार लुम्बिनी प्रदेशबाट सहभागी हुने टोलीमा निशा चौधरी, आरती चौधरी, प्रतिभा चौधरी, अनुशा चौधरी, मिना सुनार, रितु पुन, तस्विरा विक, रिचा थापा, रोजी थापा, जिना राना, हस्ती थारु र सोनिका विष्ट छन् ।

छनोट भएको टोलीमा हालै सम्पन्न भएको छैठौं प्रधानमन्त्री एनभिए कपको उपविजेता क्लब एभरेष्ट भलिबल क्लब,बुटवलबाट सहभागी निशा चौधरी, मिना सुनार पनि छन् ।
सहाना प्रधान प्रतिष्ठानको आयोजनामा हुने यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता हुने बताइएको छ ।
प्रतियोगितामा दुवैतर्फको विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]