default_image

1 year ago

July 7, 2024

ओलम्पिक तयारीमा रहेका खेलाडीसँग सदस्य सचिवको‌ भेटघाट

477 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरु संग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारेमा जानकारी लिएका छन्।

ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका हुन्।

साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने ७ जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरु संग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए। खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेको‌ बताइएको छ।

खेलाडीले आफुहरुलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरुले खेलाडीहरुको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।

प्रशिक्षणमा रहेका खेलाडीहरुले विहान–बेलुका दैनिक ५ घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए ।

छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदिप खाती सहभागी थिए ।

पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडी मध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, व्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक बिष्टले जानकारी दिए ।

छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.