1 year ago
July 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण राखेपको मुख्य कार्यक्रम भएको बताएका छन् ।
राखेपले जापानमा हुने २० औं एसियाली खेलकुदलाई लक्षित गरी सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएको जानकारी गराउन आइतबार आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले यस्तो बताएका हुन् ।
‘मिसन– २०२६ परिषद्को विभिन्न कार्यक्रम मध्येको मुख्य कार्यक्रम हो । अर्को आर्थिक वर्षमा पनि यसलाई निरन्तरता दिइने छ । चाँडै प्रशिक्षण सुरु गर्छौं । त्यसै यसलाई म समापन भन्दिन । यो समिक्षा कार्यक्रम हो,’ सदस्य सचिव घिसिङले भने, ‘मैले सदस्य–सचिवको पदभार ग्रहण गरेकै दिन दुई वटा फाइल सदर गरेको थिए । पहिलो खेलकुद विमालेख कार्यन्वयनमा ल्याउने फाइल थियो । दोश्रो राष्ट्रिय टिमको तयारी नियमित र दीर्घायु रुपमा अगाडि बढाउनु पर्छ भन्ने थियो । यी दुवै योजना पूरा भएको छ ।’
सदस्य सचिव घिसिङले राष्ट्रिय टिम तयारीका लागि प्रस्ताव गरेको भन्दा बजेट कम आएपनि चालू आर्थिक वर्षको भन्दा बढी बजेट आएको जानकारी गराए।
‘प्रशिक्षणका लागि बजेट कम भएपनि चालू आ.व. को तुलनामा यो पटक बढी बजेट विनियोजन भएको छ,’ सदस्य सचिव घिसिङले भने, ‘सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा फिजिकल फिट्नेस सेन्टर बनाउन यसै हप्तामा टेन्डर आह्वान हुँदैछ । यसका लागि ७ करोड बजेट विनियोजन भएको छ । यो मिसन– २०२६ कै लागि हो । त्यसैगरी वैज्ञानिक प्रशिक्षणलाई ध्यानमा राखी स्पोर्ट्स साइन्स ल्याबका लागि सामाग्री खरिद गर्न ४ करोड बजेट विनियोजन भएको छ । यो पनि मिसन– २०२६ कै लागि हो । अन्य शीर्षकबाट राष्ट्रिय टिम तयारीका लागि बजेट व्यवस्थापन गर्न सकिन्छ ।’
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबै खेलाडी, प्रशिक्षक र संघका पदाधिकारीले २० औं एसियाली खेलकुदमा पदक नै अन्तिम लक्ष्य हो भनी अगाडि बढ्नु पर्ने बताए ।
राखेपले २०८० साल माघ १५ देखि मिसन– २०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङलाई समावेश गरी राष्ट्रिय टिमको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
दोश्रो चरणमा २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्याइएको थियो ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन– २०२६ को सुरुआत गरिएको हो । नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको पहिलो पटक हो ।
कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]