default_image

1 year ago

July 21, 2024

काभा यु २० भलिबल सेमिफाइनल – नेपालले किर्गिजस्तानसँग खेल्ने

3371 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि किर्गिजस्तानको सामना गर्ने भएको छ।

लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो ।

पहिलो सेमिफाइनलमा शीर्ष स्थानको‌ श्रीलंका र पुछारको आयोजक माल्दिभ्सबीच हुनेछ।
शनिबार माल्दिभ्सलाई ३-० ले पराजित गर्दै नेपालले तेस्रो स्थान सुरक्षित गरेको थियो।

त्यसपछि भएको लिगको अन्तिम खेलमा किर्गिजस्तानलाई ३-२ ले हराउँदै श्रीलंकाले ८ अंकसहित शीर्ष स्थान पक्का गरेको थियो। ७ अंकका साथ किर्गिजस्तान दोस्रो, तेस्रो भएको नेपालको ३ अंक र माल्दिभ्स अंक विहिन रह्यो।

लिग चरणमा नेपालले किर्गिजस्तानलाई सुरुवाती दुई सेटमा कडा टक्कर दिएपनि ३-० को‌ सोझो सेटको हार बेहोरेको थियो। खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको थियो।

किर्गिजस्तानलाई हराउँदै फाइनल पुग्ने सम्भावना नेपाली टोलीसँग रहेको छ। दुबै सेमिफाइनलमा सोमबार हुनेछन्।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.