1 year ago
July 22, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (सोमबार) भरतपुर फुटबल क्लब (बिएफसी ) र माडी ११ विजयी भएका छन् ।
शारदानगरको मैदानमा आज भएको पहिलो खेलमा बिएफसीले नारायणी मोटर्स युनिक एफसीलाई ३-२ ले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा बिएफसीलाई जिताउन सन्देश श्रेष्ठले २४ औं र सुजन श्रेष्ठले ६२ औं मिनेटमा गोल गरे । यस्तै सुमन आलेले ६७ औं मिनेटमा गोल गरे । युनिकका किरण गुरुङले २१ औं तथा उज्ज्वल गुरुङले इन्ज्युरी समयमा गोल गरे ।
दोस्रो खेलमा माडी ११ ले रामपुर फुटबल क्लब रड्सलाई ३-१ ले पाखा लगायो । माडीको जितमा गणेश नेपालीले २३ औं, विज्ञान खड्काले ४७ औं तथा रितेश क्षेत्रीले इन्ज्युरी समयमा गोल गरे । रामपुरका साहिल थापा मगरले १६ औं मिनेटमा गोल गरे ।
योसँगै लिगमा तेस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । मंगलबारबाट चौथो चरणका खेलहरु सुरु हुनेछन् ।
चौथो चरणको पहिलो खेलमा सौराहा युवा समाज र पानस युवा क्लब भिड्नेछन् । खेल दिउँसो २:३० बजे सुरु हुनेछ । सोही मैदानमा ४:३० बजे सुरु हुने आई स्टडी गीतानगर ब्वाईज र नारायणी एफसी भिड्नेछन् ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]