1 year ago
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ।
नेपालले कास्य पदकको प्रतिस्पर्धाका मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले हराएको हो । नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।
लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो।
लिग चरणको पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।
किर्गिजस्तानसँग सेमिफाइनल पनि नेपालले ३-० ले नै गुमाएको थियो। श्रीलंका र किर्गिजस्तानबीचको फाइनल पनि आजै हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]