1 year ago
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो।
नेपाली महिला युवा टोली च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई हराउँदै कास्य पदक जितेको हो। नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको थियो ।
लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। च्याम्पियनसिपमा ४ टोलीको सहभागिता थियो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]