1 year ago
August 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पुरुष र महिला राष्ट्रिय बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन शुक्रबार थप दुई जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार कमला र मनिषाको जोडीले उज्वेकिस्तान र माल्दिभ्सलाई पराजित गर्दै शत प्रतिशत नतिजाका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४ र २१–१६ ले हरायो ।
यता, पुरुषतर्फ पहिलो दिन पराजित मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले दोस्रो दिन लगातार तीन जित निकाल्दै अन्तिम चारको स्थान तय गर्न सफल भएको हो ।
शुक्रबार भुटानलाई २१–१४ र २१–२१ ले हराएर सुखद् सुरुवात गरेको नेपालले त्यसपछि उज्वेकिस्तानलाई २१–१५ र २१–१५ ले हरायो । समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई २१–१३ र २१–१७ ले पराजत गर्यो ।
सेमिफाइनल र फाइनलका खेलहरु शनिबार नै हुनेछ । च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको छ ।

महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको छ । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् ।
दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।


November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]


November 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीको सामना गर्दै । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। आज कीर्गिस्तान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ। श्रीलंकाले आफ्नो पहिलो खेलमा […]


November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]