default_image

1 year ago

August 5, 2024

भारतको जित, नेपाल शीर्षमा पुग्ने सम्भावना सकियो

5136 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सेमिफाइनल पुगिसकेको भारत काभा महिला भलिबल नेसन्स लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।

भारतको जितसँगै नेपालको शीर्षस्थानमा पुग्ने सम्भावना सकिएको छ । श्रीलंकालाई सोमवार ३-० सेटले गराएसँगै भारतले शीर्षस्थान सुरक्षित गरेको छ।

भारतको जितपछि सेमिफाइनलको‌ समीकरण पूरा भएको छ । इरानसँग आइतवार पराजित भएपछि शीर्षस्थानमा लिग चरणको अन्त्य गर्ने नेपालको लक्ष्य कमजोर भएको थियो।

अंक तालिकाको शिर्ष स्थानमा रहेको भारतले सेमिफाइनलमा फेरि श्रीलंकाको सामना गर्नेछ। श्रीलंकाले चौथो स्थानमा रहँदै लिग चरणको‌ अन्त्य गरेको छ।

अर्को सेमिफाइनल नेपाल र इरानबीच हुनेछ । लिगको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच सेमिफाइनल हुनेछ। लिगमा इरान र नेपाल दुई टोली दोस्रो र तेस्रोमा छन् ।

आज माल्दिभ्ससँगको खेल नेपालले‌ जितेमा दोस्रो हुनेछ। ४ खेलमा भारतको १०, इरानको ७, श्रीलंकाको ४ अंक छ । आफ्नो अन्तिम खेल अघि नेपालको ६ र माल्दिभ्स अंक विहिन‌ छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कभर्ड हलमा सोमबार भारतले श्रीलंकालाई २५-१३, २५-२१, २५-२० ले हराएको हो ।

नेपाल र माल्दिभ्सबीच लिगको अन्तिम खेल आज दिउँसो ३ बजे सुरु हुनेछ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.