1 year ago
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिनालाई बेस्ट लिबेरो घोषित गरिएको थियो।
टोलीकी अर्की सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्।
फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स लिगमा च्याम्पियन बनेको हो । श्रीलंकालाई हराउँदै इरान प्रतियोगितामा तेस्रो भयो ।
November 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]
November 8, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- करण नेपाली र आयुषासिंह ठकुरीले दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि जितेका छन् । करण छात्र र आयुषा छात्रातर्फ विजयी भएका हुन्। एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत […]
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले श्रीलंकामा जारी काभा महिला यु १९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ। नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो। नेपालले २५-१८,२६-२४,१९-२५,२५-२० विजयी भएको थियो। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ विजयी भएको थियो। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको […]