default_image

1 year ago

August 14, 2024

निरुताको बढुवा, सरस्वती र कविता पनि पुरस्कृत

22880 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग च्याम्पियनसिपको‌ रजत विजेता नेपाली महिला भलिबल र‌ एपिएफ टोलीकी सदस्य निरुता ठगुन्ना पदोन्नति भएको‌ छ।

सशस्त्र प्रहरी बलले निरुता सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको संगठनले जनाएको छ। सशस्त्रले नेसन्स लिग च्याम्पियनसिपको टोलीमा‌ रहेका निरुतासहित ३ खेलाडीलाई‌ बुधवार नगद पुरुस्कारसहित सम्मान पनि गरेको छ । निरुता ५ वर्षअघि शसस्त्रमा आबद्ध भएकी थिइन् ।

सशस्त्रका महानिरीक्षक राजु अर्यालले निरुता, सरस्वती चौधरी र कविता भट्टलाई पुरस्कृत गरेका हुन् । आइतबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.