1 year ago
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ।
सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्।
उप समितिले अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न कभर्ड हल निर्माणका लागि सबैभन्दा पहिले जग्गा छनोट गर्नेछ। छनोटपछि विभिन्न सरकारी निकाय तथा स्थानिय तहसँग समन्वय गरी जग्गा प्राप्तीका लागि प्रारम्भिक चरणको काम कार्बाही गर्नेछ।
जग्गा पहिचान पछि यही असोज महिना भित्र डिपिआरको आधार तयार गर्न उपसमितिलाई कार्यदेश समेत दिइएको बताइएको छ। उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरि ३० दिन भित्र परिषदमा प्रतिवेदन पेश गर्न भनिएको छ।
नेपालको राष्ट्रिय खेल भलिबल पनि आफ्नो कभर्ड हल छैन। प्रशिक्षण र अन्तराष्ट्रिय प्रतियोगितालाई अहिलेसम्म राखेपको कभर्ड हलले जेनतेन धानेको छ।
तर अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शक धान्न नसक्ने अवस्था रहँदै आएको छ। भलिबलले कभर्ड हलको अभावकाबीच नतिजा भने दिदै आएको छ।
पछिल्लो पटक गत महिना सम्पन्न काभा महिला भलिबल नेसन्स लिगमा नेपाल दोस्रो हुँदा धेरैको नजर महिला भलिबलमा परेको थियो।
राष्ट्रिय खेलाडीहरूले पनि कभर्ड हलको माग गर्दै आएका छन। यही दबाबका कारण परिषदले उप समिति गठन गरेको अनुमान लगाउन सकिन्छ। जुन सुखद संकेत पनि हो।
भलिबल संघले बारम्बार जग्गा प्राप्तिको लागि माग गर्दै आएको छ। जग्गा उपलब्ध भएमा सुविधा सम्पन्न कभर्ड हल निर्माणमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने बताउँदै आएको छ।
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]