1 year ago
August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुद आयोजनाका विषयमा प्रष्ट पार्न सरकारसँग आग्रह गरेको छ।
अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआइपिएको टोलीले मंगलवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङललाई दसौंका विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
दसौं राष्ट्रिय खेलकुद आयोजनाको विषयमा स्थानिय आयोजकका रुपमा रहेको कर्णाली प्रदेश खेलकुद परिषदले काउन्ड डाउन सुरु गरिसकेको जानकारी प्राप्त भएको उल्लेख गर्दै एनएनआइपिएले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘संघिय सरकार वा राखेपले पूर्व निर्धारित मिति (२०८१ मंसिर २ देखि ९ गतेसम्म) मा आयोजना हुने नहुने प्रष्ट पारेको छैन । जसले गर्दा देशभरका खेलाडीमा अन्यौलता सिजृना भएको छ ।’
‘यो शंकालाई यथासक्य निवारण गर्नका लागि सरकारबाट छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन राखेपको अध्यक्ष समेत रहेका खेलकुद मन्त्रीमार्फत सरकारको ध्यानाकषर्ण गराउँदछौं,’ पत्रमा भनिएको छ।

दुई वर्षअघि गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दौरानमा दसौंको मिति घोषणा गरिएको थियो। त्यसैलाई मध्यनजर गर्दे कर्णाली प्रदेश सरकारले प्रदेश रंगशालालगायतको भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा छ।
कर्णाली प्रदेश खेलकुद परिषद्ले दसौंको लोगो, मस्कट, गित तयार गरिसकेको छ भने २४ खेलको खेलस्थल र मितिको प्रस्ताव राखेपलाई बुझाइसकेको छ।

November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]