1 year ago
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धनले क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।
के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पलेशाले ३१-० को फराकिलो अन्तरमा पराजित गरिन्।
विना कुनै दबाब पहिलो चरणको खेल जितेकी पलेशाले अब विश्व नम्बर एक खेलाडी ब्राजिलकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नेछिन्। यो खेल अहिले ४ बजे हुनेछ।
पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिक्समा स्थान पक्का गरेकी हुन्। उनको यो दोस्रो पारालिम्पिक्स सहभागिता हो।
यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्ड मार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। कास्य पदक भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन्।
उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी समेत बनेकी थिइन। पारालिम्पिक्समा उनको यो तेस्रो जित हो।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]