default_image

1 year ago

September 3, 2024

भारतीय कप्तान जिनी मधेशबाट खेल्ने

2555 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।

मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलवार जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ।

मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन शसक्त हुने विश्वास लिएको छ ।

२८ वर्षिय सेटर जिनीलाई आबद्ध गरेसँगै तीनजना विदेशी खेलाडी अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ ।

जिनीले मधेशबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । उनले भनेकी छिन् ‘मैले यसअघि नेपाल आएर ४ पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाइटेडबाट खेल्न आउँदैछु । लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु।’

जिनीको‌ कप्तानीमा गत महिना काठमाडौंमा भएको काभा नेसन्स लिगमा भारत च्याम्पियन बनेको थियो। लिगकै दौरान डेंगु संक्रमित भएपछि उनले केही खेल गुमाएकी थिइन् । नेपालविरुद्धको फाइनलको तेस्रो सेटमा जिनी कोर्टमा उत्रेपछि भारत खेलमा हाबी भएको थियो र टोलीले ३-२ सेटले खेल जितेको थियो।

मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई अनुबन्ध गर्दा टिम अझ बलियो भएको बताइन् । श्रेष्ठका अनुसार तीन विदेशी खेलाडी घोषणा पछि टिम थप बलियो हुनेछ ।

नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेशमा अहिलेसम्म ८ नेपाली र ३ विदेशी गरी ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङसहित काभा यू२० महिला च्याम्पियनसिप खेलेका यू२० राष्ट्रिय टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री पनि मधेश टोलीमा छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका पुजा थारु र हिरा केसी टोलीमा छन् । जसना महतो पनि मधेश टोलीको खेलाडी हुन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने इडब्लुभिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.