1 year ago
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि १२ खेलाडीको नेपाली टोली घोषणा भएको छ ।
नेपाल भलिबल संघले बिहीवार १२ खेलाडीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका १८ मध्ये १२ खेलाडीको अन्तिम छनोट गरेको हो ।
भदौ ८ गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो । च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ।

केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]