1 year ago
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बुल्गेरियाकी सेटर एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्सबाट वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।
काठमाडौंले एन्ड्रियालाई अनुबन्ध गरेको जनाएको छ।
बुल्गेरियन लिगसहित शीर्षस्तरका लिग खेलेकी २४ वर्षीया एन्ड्रियाले बुल्गेरियन कप जितेको काठमाडौंले जनाएको छ।
काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय महिला भलिबल टोलीकी उषा भण्डारी रहेकी छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिनेछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा ६ टोलीको सहभागिता असोज १४ देखि १९ गते सम्म इडब्लुभिएल हुनेछ।
टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’
प्रशिक्षक– जगदीश भट्ट
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]