1 year ago
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक नेपाली भलिबलमा हुन लागेको फ्रेन्चाइज एभरेष्ट वुमन्स भलिबल लिग( इडब्लुभिएल) को वात्सल्य नेचुरल आइभिएफ प्रमुख प्रायोजक रहेको छ।
लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा आइतवार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रमुख प्रायोजकको पनि घोषणा गरेको हो।
करिब ७० लाख रुपैयाँ बराबरको प्रायोजन वात्सल्य नेचुरल आइभिएफबीले गरेको हो। वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवीदीले इन्फिनिटी ड्रिम्सलाई नगद ५५ लाख रुपैयाँ उपलब्ध गराउने हाम्रो खेलकुद डटकमलाई बताए।

यसबाहेक कोल्याटर र प्रचार प्रसार जस्ता कामको लागि थप १५ देखि २० लाख रुपैयाँ खर्च हुने उनले जनाए। वात्सल्यले महिला स्वस्थको क्षेत्रमा काम गरेको र महिला भलिबलसँग जोडिदै भलिबल विकासमा सहयोग पर्याउन चाहेको सुवेदीले बताए। यो सम्झौता दुई वर्षको लागि भएको हो।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले भलिबलसँग जोडिएकोमा प्रमुख प्रायोजकलाई धन्यवाद दिंदै लामो समयसम्म यो साथलाई कायमै राख्न पनि आग्रह गरे। उनले आयोजक इन्फिनिटी ले महिला भलिबल लिगमा नसोचेको कामको सुरू गरेकोमा धन्यवाद दिए।

भलिबल संघका अध्यक्ष चन्द, महासचिव रोशन श्रेष्ठ,
आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवीदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईंले संयुक्तरुपमा इडब्लुभिएलको ट्रफी सार्वजनिक गरेका हुन्।
६ टोलीको सहभागितामा असोज १४ देखि १९ गते सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा इडब्लुभिएल हुनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]