1 year ago
September 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो खेल आज जित निकालेको छ ।
पुलिसले तेस्रो खेलमा मंगलवार ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गरेको हो । माल्दिभ्सको मालेमा भएको खेलमा डाइमेडमाथि पुलिसले ३–० को सोझो सेटमा जित निकालेको हो । पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१५ ले सहज जितेको छ ।
पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो । पुलिसले ९ अंक जोडेको छ ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । लिगको पुलिसले बिहीवार माल्दिभ्सको क्लब तथा शुक्रबार समूह चरणको अन्तिम खेल खेल्नेछ ।
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ। मलेसियामा हुने च्याम्पियनसिपमा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मंगलवार मलेसिया प्रस्थान गर्दैछ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने च्याम्पियनसिपमा नेपाल पहिलो पटक रुपमा सहभागी हुँदैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले टोलीलाई […]
November 17, 2025
ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]
November 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैंटौं टाइगर कप भलिबल प्रतियोगिता माघमा हुनेछ। पोखरा रंगशाला भित्रको भलिबल कोर्टमा माघ ९ देखि १९ गते (२०२६ जनवरी २३ देखि ३१ ) अन्तर्राष्ट्रिय क्लब–स्तरीय पुरुष र महिलाको भलिबल प्रतियोगिता हुने शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। टाइगर समूहले प्रतियोगिताको लागि कान्तिपुर मिडिया ग्रुप […]