default_image

8 months ago

September 23, 2024

काभा क्लब च्याम्पियन पुलिस टोली स्वदेश फर्कंदै

1077 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली आज स्वदेश आइपुग्नेछ ।

पुलिस टोली सोमवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल भलिबल संघले जानकारी दिएको छ।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो ।

त्यसअघि लिग चरणमा पुलिसले  पहिलो हुमोलाई ३-० दोस्रो श्रीलंका एयर फोर्स र तेस्रोमा ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।

घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्नाका  वावजुद ३-२ सेटको जित निकालेको थियो पुलिसको चरणको आफ्नो अन्तिम खेलमा अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले पराजित गरेको थियो।

नेपालको लिगको विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको पुलिसले च्याम्पियन बनेर फर्केको छ।पुलिस क्लबकी उषा भण्डारी च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन्‌ ।

उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित थिइन् ।

टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो।

पुलिसको भलिबल टोली
कमला पुन‌ (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की

May 22, 2025

जुडो टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ। मे २५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ७ पुरुष र ५ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध […]

May 22, 2025

तेस्रो दिन पनि शुक्र अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन धरानका प्रो शुक्र बहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १ सय ९३ को स्कोर‌मा उनले भुवन कुमार  रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा ३ स्ट्रोकले अगाडि रहेका शुक्रले उपाधि जित्ने संभावनालाई मजबुत बनाएका छन्। […]

May 22, 2025

धारा नेपालगन्ज म्याराथनकाे टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनकाे ४ सदस्यीय पदाधिकारी टाेली बिहीवार थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रवार हुने एसिया राेड रेस फाेरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बैंकक तर्फ प्रस्थान गरेका हुन् । सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै […]

Success

Thank you for your time.