1 year ago
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन शक्तिले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा विजयी सुरुवात गरेको छ ।
लिगको पहिलो खेलमै जित हात पार्ने क्रममा चितवनले सोमवारको तेस्रो खेलमा पोखरा थन्डर्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा चितवनले पहिलो सेट २५-२२ ले जितेकोमा दोस्रो सेट भने १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२३ र चौथो सेट २५-१७ ले जित्दै ३ अंक जोड्न सफल भयो ।
चितवनले आफ्नो दोस्रो खेलमा मंगलवार काठमाडौ स्पारकर्ससॅंग छ। गन्डकीले मंगलवारै कर्णाली यसभिससॅंग दोस्रो खेल खेल्दैछ ।
आजै भएको दोस्रो खेलमा कर्णाली यसभिसले मा मधेश युनाइटेडमाथि जित हासिल गरेको थियो । कर्णालीले मधेशमाथि ३-१ को सेटमा जित हात पारेको थियो ।
पहिलो सेट २५-१५, दोस्रो सेट २५-२० जितेको कर्णालीले अन्तिममा निरन्तर अंक गुमाउँदा तेस्रो सेट गुमायो । एक समय २४-१९ मा रहेर सहज जित तर्फ उन्मुख कर्णालीले निरन्तर अंक गुमाउँदा २६-२८ ले सेट गुमाउँन पुग्यो ।
कर्णालीले चौथो सेटमा भने २५-११ को सेटमा सहज रुपले जित निकाल्दै खेल जित्यो । कर्णालीले आफ्नो दोस्रो खेलमा मंगलवार गन्डकी थन्डर्ससँग खेल्नेछ । उता, मधेशले दोस्रो खेलमा मंगलवार नै ललितपुर क्विन्सको सामना गर्नेछ ।
आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित हात पारेको थियो । पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।
त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुर पहिलो खेलमा नै पूरा ३ अंक जोड्न सफल भयो ।
तेस्रो सेटमा काठमाडौं र ललितपुर दुवै तर्फ खेलाडी घाइते हुँदा समस्या भएको थियो । काठमाडौंकी लिबेरो रश्मीता दुरा घाइते भएपछि कोपिला रानाले चौथो सेट लिबेरोमा खेलिन् । ललितपरुकी थाई स्पाइकर सुत्दाता पनि घाइते भएपछि खेल्न सकिनन् ।
६ टोलीले एकअर्काको सामना गरेपछि अंकतालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन्।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]