1 year ago
October 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द् (राखेप) कभर्डहलमा मंगलवार सम्पन्न खेलमा काठमाडौंले चितवन शक्तिलाई पराजित गरेको हो ।
काठमाडौंले चितवनमाथि ३-१ को सेटमा जित निकाल्यो । पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो । दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो ।
जितसँगै काठमाडौंले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग पराजित भएको थियो । पराजित चितवनको पनि २ खेलबाट समान ३ अंक रहेको छ । चितवनले पहिलो खेलमा गन्डकी थन्डर्सलाई पराजित गरेको थियो ।
आजै भएको पहिलो खेलमा कर्णाली यश्विजले लगातार दोस्रो जित हसिल गर्ने क्रममा गण्डकी थन्डर्सविरुद्ध ३-२ सेटको जित निकालेको थियो । पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो । त्यसपछिका दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २-१ को अग्रता लियो ।
चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५-१२ को जित निकाल्दै कर्णालीले विजयी यात्रा कायम राख्यो । जितसँगै कर्णालीले दुई खेलमा पाँच अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।
पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई पराजित गर्दा गण्डकीले चितवन शक्तिविरुद्ध हार बेहारेको थियो । आजको तेस्रो खेलमा ललितपुर क्विन्स र मधेश युनाइटेडबीच खेल हुँदैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]