default_image

1 year ago

October 2, 2024

काठमाडौंको अर्को सफलता, गण्डकी फेरि पराजित

1670 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्समाथि ३-१ सेटको जित हासिल गरेको हो ।

काठमाडौंले पहिलो सेट २५-२३ ले जितेकोमा दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ र चौथो सेट २५-१६ ले जित्दै काठमाडौंले ३ अंक जोड्न सफल भयो ।

३ खेलमा २ जित हासिल गरेको काठमाडौंको ६ अंक भएको छ । पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग पराजित भएको थियो । दोस्रो खेलमा भने चितवन शक्तिलाई पराजित गरेको थियो ।

गण्डकीले भने ३ खेलमा एउटै खेल जित्न सकेको छैन।
गण्डकी पहिलो खेलमा चितवन शक्तिसँग र दोस्रो खेलमा कर्णाली यश्वीजसँग पराजित भएको थियो ।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले लगातार तेस्रो जित हासिल गरेको थियो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो । उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

आजको तेस्रो खेल चितवन शक्ति र मधेश युनाइटेडबीच हुनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.