1 year ago
October 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)-कर्णाली यश्विज लगातारको चौथो जितमा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार भएको अत्यन्त रोमाञ्चक खेलमा चितवन शक्तिलाई ३-२ ले हराउँदै कर्णाली जारी लिगको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
सुरूवात चितवनले उत्कृष्ट गर्यो। पहिलो सेट २५-२० ले जित्दै १-० को अग्रता बनायो। तर दोस्रो सेटमा कर्णालीले पकड बनायो। २५-१८ ले दोस्रो सेट जित्दा खेल १-१ को बराबरीमा पुग्यो।

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ बाजी मार्दै चितवनले कर्णालीलाई २५-२१ ले माथ दियो। फेरि कर्णालीले खेलमा २-१ को अग्रता बनायो। तर यो लयलाई चौथो सेटमा कायम राख्न सकेन।
चितवनले चौथो सेट १५-२५ ले गुमायो। यो सँगै कर्णालीले खेललाई २-२ को बराबरीमा पुग्यो। खेल पाँचौं सेटतर्फ धकेलियो। चितवनलाई फाइनलको यात्रा सहज गर्न यो जित जरूरी थियो। जितले कर्णालीललाई फाइनलमा पुर्याउने थियो। त्यसैले पाँचौ सेट झन रोचक बन्यो। यतिखेर भने कर्णालीले बाजी मार्यो।
य१५-१३ ले कर्णालीले पाँचौं सेट जित्यो। यो जितले कर्णालीलाई फाइनलमा पुर्याएको छ। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले १० अंक बनाएको छ। कर्णाली लिगको शीर्षस्थानमा उक्लिएको छ। यसअघि कर्णालीले मधेश युनाइटेड, गण्डकी थन्डर्स र ललितपुर क्विन्सलाई हराएको थियो।

हारमा चितवनको फाइनल यात्रा कठिन बनेको छ। लिगको आफ्नो अन्तिम खेलमा ललितपुर क्विन्सलाई हराएर मात्र पुग्दैन।
९ अंक जोडेर दोस्रो स्थानमा रहेको काठमाडौंको हारको नतिजा पनि कुर्नुपर्नेछ। काठमाडौंले भोलि कर्णालीसँग लिगको अन्तिम खेल खेल्नेछ। चितवनसँग ७ अंक रहेको छ।
यसअघि काठमाडौंले मधेशलाई ३-१ ले हराएको थियो। त्यो खेलको नतिजापछि मधेश र गण्डकी थन्डर्स इडब्लुभिएलबाट बाहिरिएको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]