1 year ago
October 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्सबीच शनिवार प्रतिस्पर्धा हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा फाइनल साँझ ५ः३० बजे सुरु हुनेछ ।
लिग चरणबाट कर्णाली शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेका हुन् । कर्णालीले लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । ललितपुरले भने लिग चरणमा दुई खेल हारेर पनि फाइनलमा स्थान बनाएको हो ।
लिग चरणको अन्तिम दिन शुक्रवार कर्णालीले काठमाडौं स्पाइकर्सलाई हराएपछि ललितपुरको फाइनल यात्रा पक्का भएको हो। लिग चरणमा भएको प्रतिस्पर्धामा कर्णालीले ललितपुरलाई ३-० को साझो सेटमा पराजित गरेको थियो ।
इडब्ल्युभिएलमा कर्णाली र ललितपुरको अलावा काठमाडौं स्पाइर्कस, चितवन शक्ति, गण्डकी थन्डर्स र मधेश युनाइटेडको समेत सहभागिता थियो ।
लिगमा विदेशी खेलाडीको समेत सहभागीता रहेको थियो । सहभागी हरेक टोलीमा समान ३ विदेशी खेलाडी रहेका थिए ।
फाइनल पुगेका दुई टोली
कर्णाली यश्विज

कर्णाली यश्विज मार्की तथा कप्तान सुमित्रा रेग्मी हुन् । सुमित्राले करिव २ महिना अघि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । कम अन्तर्राष्ट्रिय खेलको अनुभव भएकी सुमित्राको कप्तानीमा रहेको कर्णालीलाई लिगको कमजोर टोलीका रुपमा हेरिएको थियो ।
तर, टोलीले धेरैलाई आश्चर्यमा पार्दै अपराजित रुपमा फाइनलको यात्रा तय गर्न सफल भयो । यस सफलताको एक प्रमुख पात्र रुपमा प्रशिक्षक कुमार राई रहेका थिए ।
राई महिला भलिबल खेलाडी उत्पादनमा सक्रिए प्रशिक्षक हुन्। सुमित्रा, ललितपुरकी कप्तान सलिना श्रेष्ठ राईका उत्पादन हुन् । उनले तयार पारेका अन्य खेलाडी अन्य क्लबबाट खेलिरहेका छन्। न्यु डायमन्ड युथ स्पोर्टस क्लबमा रहेर राईले धेरै स्टार भलिबल खेलाडी तयार पारेका छन् ।
लिग चरणमा कर्णालीले मधेश र काठमाडौंलाई समान ३-१, गण्डकी थन्डर्स र चितवन शक्तिलाई समान ३-२ तथा ललितपुर क्सिन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
ललितपुर क्विन्स

राष्ट्रिय टोलीकी लिबेरो सलिना श्रेष्ठ ललितपुरको मार्की र कप्तान हुन् । उनी नेपाली टोलीकी नम्बर १ लिबेरो हुन्।
केही स्टार खेलाडी घाइते हुँदा ललितपुरको प्रदर्शनमा निकै उतार चढाव आयो । स्टार खेलाडीलाई गुमाए पनि ललितपुर अन्तिममा उपाधि नजिक पुगेको छ ।
युवा प्रशिक्षक उत्सव खड्रकाले ललितपुरको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् । खड्काले प्रशिक्षकका रुपमा घरेलु प्रतियोगितामा धेरै उपाधि दिलाइ सक्दा पहिलो पटक फ्रेन्चाइजी लिगको उपाधि नजिक टिमलाई पुर्याएका छन् ।
लिग चरणमा काठमाडौं, मधेश र चितवनलाई समान ३-१ को सेटमा हराएको ललितपुरले कर्णालीसँग ३-० र गण्डकीसँग ३-२ को सेटमा हार बेहोरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]