default_image

1 year ago

October 7, 2024

उषा फेवा एजुकेशन एण्ड माइग्रेसनकी ब्रान्ड एम्बेसडर

1948 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी फेवा एजुकेशन एण्ड माइग्रेसनकी ब्रान्ड एम्बेसडर बनेकी छिन्।

फेवा एजुकेशन एण्ड माइग्रेसनका निर्देशक दिनेश खनाल र उषाले सोमवार आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता दुई वर्षको लागि भएको हो।

रकम नखुलाइए पनि ६/६ महिनामा उषालाई सम्झौता अनुसार रकम प्रदान गरिने जानकारी कार्यक्रममा दिइएको छ। उषाले अब फेवाको ब्रान्ड प्रोमोसनमा सहयोग गर्नेछिन्।

नेपालकी चर्चित खेलाडीलाई ब्रान्ड एम्बेसेडरको रूपमा भित्राएर सहकार्य गर्न पाउँदा खुशी लागेको फेवाका निर्देशक खानालले बताए।

नेपाल पुलिस क्लबकी‌ समेत‌ सदस्य रहेकी उषाले भने फुटबल र क्रिकेटको सहकार्य सुनिरहेको र अहिले भलिबलबाट आफु एम्बेसेडर बन्न पाउँदा खुशी लागेको र यो सहकार्यले आफ्नो खेलमा समेत सहयोग पुग्ने बताइन्।

फेवाले यसअघि पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान मान बहादुर श्रेष्ठलाई पनि ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको फेवाले जानकारी दिएको छ।

फेवाले मान बहादुरलाई अष्ट्रेलियामा नै एक कार्यक्रमबीच सम्झौता गरेको थियो। मान बहादुर अहिले अष्ट्रेलियामा नै छन्।

फेवा एजुकेशनका अध्यक्ष युवराज श्रेष्ठले भविष्यमा अन्य खेलका खेलाडीसँग पनि सहकार्य गरिने जानकारी दिए।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.