1 year ago
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा हार बेहोरेको छ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमट नेपालले पहिलो हार बेहोरेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा सोमवार नेपाल उज्वेकिस्तानसॅंग ३-१ को सेटमा पराजित भएको हो ।
नेपालले पहिलो सेट १९-२५ र दोस्रो सेट १४-२५ ले गुमायो । तेस्रो सेटमा नेपालले २९-२७ ले जित निकाल्दै खेलमा फर्कने कोशिश गर्यो। तर चौथो १५-२५ सेट ले गुमाउँदै पहार बेहोर्यो ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा मंगलवार तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]