1 year ago
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।
महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो ।

सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गर्यो। कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टि टेनका हेड अफ बिजनेस डेभलपमेन्ट आलोकजंग जोशी र उषाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।
भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिन छ । उनले हरेक महिना ८३ हजार ३ सय ३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ । टि टेनले भने ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

भाटभटेनी सुपर मार्केटका डाइरेक्टर गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]