1 year ago
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ।
हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको छ ।
खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्ने छन् ।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंसिर २२ गते देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ।
खड्काले असोजमा भएको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सलाई प्रशिक्षण दिएका थिए। त्यसमा ललितपुर दोस्रो भएको थियो।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।

हेल्प नेपालले क्लब च्याम्पियनसिपका लागि विदेशी खेलाडीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाडीलाई यो प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ ।
केही महिनाअघि मात्र नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमन्डकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।
यसपटक हेल्प नेपाल र गण्डकीले विदेशीसँगै अन्य विभागका खेलाडी सम्मिलित गरेर टिम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]