1 year ago
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सको क्लब एचडिसीले सानदार कमब्याक गर्दे काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
पहिलो दुई सेट गुमाएको एचडिसीले शनिवार दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले पराजित गर्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा गण्डकीले सानदार सुरुवात गर्यो। पहिलो सेटमा क्लब एचडिसीलाई निरह बनायो।
११-४ को अग्रता बनाएपछि यो सेटमा गण्डकीले निरन्तर अग्रता बनायो। पहिलो सेट सहजै २५-१८ ले जित्यो।
दोस्रो सेटमा पनि गण्डकीले सुरुवात राम्रो गर्यो। १७-१२ को अग्रतालाई गण्डकीले निरन्तरता दियो।
२१-१५ को स्कोरमा गण्डकीसँग ६ अंकको स्पष्ट अग्रता थियो। तर एचडिसीले लगातार ६ अंक जोड्दै खेललाई २१-२१ मा पुर्यायो। यो सेट निकै रोमाञ्चक बन्यो।
तर पनि गण्डकीले अन्त्यमा दबाब खेपेर भएपनि २५-२३ ले सेट आफ्नो पक्षमा पार्यो। योसँगै गण्डकीले २-० को स्पष्ट अग्रता कायम गर्यो।
२ सेट गुमाएपछि तेस्रो सेटमा एचडिसीले सम्हालिंदै सुरुवात देखि नै अग्रता बनायो। १९-१४ को अग्रतामा एचडिसी तेस्रो सेटको जित नजिक थियो।
तर गण्डकीले खेललाई २४-२२ मा पुर्याउँदै दबाब दिएपनि एचडिसीले तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो। खेललाई २-१ मा पुर्याउँदै खेलमा फर्कन आतुर थियो।
खेलको चौथो सेट निकै रोचक बन्यो। पालै पालो दुवै टिमले अंक जोड्दा खेल प्रतिस्पर्धात्मक बन्यो। दुवै टिमले फराकिलो अग्रता कुनैपनि समय लिन सकेनन् । ३०-२८ ले एचडिसी चौथो सेट जित्न सफल रहयो। योसँगै खेल २-२ को बराबरीमा पुग्यो।
पाँचौ सेटमा पनि एचडिसीले नै दबाब बनायो। १२-७ को अग्रतामा जित नजिक पुगेको एचडिसीलाई रोक्दै गण्डकीले खेललाई १४-१३ सम्म पुर्यायो।
तर यसपछि गण्डकीले अंक जोड्न सकेन। चिरागले म्याच प्वाइन्ट दिलाएसँगै एचडिसीले १५-१३ ले पाँचौ सेट आफ्नो पक्षमा पारेर सानदार कमब्याक जित दर्ज गर्यो।
यसअघि पहिलो खेलमा टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको थियो। आइतवार पनि २ खेल हुनेछ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]