default_image

12 months ago

December 9, 2024

काभा क्लब च्याम्पियन्सिप – भारतको क्यालिकट हिरोजको पहिलो जित

1247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ।

क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज नतिजामा पहिलो सेट जित्दै क्यालिकटले १-० को अग्रता बनायो।

दोस्रो सेट प्रतिस्पर्धात्मक बनेपनि २५-२३ ले क्यालिकटले बाजी मार्यो। २-० ले पछि परेको एचडिसी खेलमा फर्कन सकेन। तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै क्यालिकटले सोझो सेटको जित निकाल्यो।

यसअघि पहिलो खेलमा क्यालिकट नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ ले हारेको थियो।
दुई खेलपछि क्यालिकेटको ४ अंक भएको छ। एचडिसीको यो दोस्रो हार हो।

उसले पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरे पनि दोस्रो खेलमा इरानको यु-१८ सँग ३-२ ले पराजित भएको थियो। च्याम्पियनसिपमा ५ अंकका‌ साथ हेल्प नेपाल शीर्ष स्थानमा छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.