12 months ago
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमा
पुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ।
केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ।
सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। प्रत्येक टोलीमा ९ नेपाली र ३ विदेशी गरी कुल १२ खेलाडी टोलीमा समावेश गर्ने पाउने बताइएको छ।

केडिया ग्रुपले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा लिगको लोगो र स्लोगान सार्वजनिक पनि गरिएको छ। ‘उचाईको नयाँ उडान’ लिगको स्लोगान रहेको छ।
लिगमा सहभागी खेलाडीहरूलाई ए, बी र सी श्रेणी छुट्टाएर ड्राफ्ट गरिने केडिया ग्रुपका कार्यकारी निर्देशक अश्विन केडियाले जानकारी दिए। सोही कार्यक्रममा यु-२१ काभा पुरुष भलिबल च्याम्पियनसिपमा रजत जितेको नेपाली टोलीलाई पनि केडिया ग्रुपले सम्मान गरेको छ।
यसअघि नेपाल भलिबल संघले वार्षिक ३५ लाख रुपैयाँ मा पुरुष भलिबलको फ्रेन्चाइज केडिया ग्रुपलाई बेचेको थियो।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]