11 months ago
December 29, 2024
सुशील पन्त क्षेत्री, भरतपुर
संगाती युवा क्लबले राइनो कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
हिमालय भलिबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आयोजक टोलीलाई पराजित गर्दै संगातीले उपाधि उचालेको हो ।
हिमालय दण्डपाणी मावि भरतपुर १३ को कोर्टमा भएको फाइनलमा संगातीले हिमालयलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेटमा हिमालय २५-२३ ले विजयी भएको थियो । तर त्यसपछिको कमब्याक गरेको संगातीले लगातार ३ सेटमा जित निकाल्यो ।
संगातीले दोस्रो सेट २५-२३, तेस्रो सेट २७-२५ र तेस्रो सेट २५-१० ले जित्दै उपाधि जितेको हो ।
विजेता संगातीले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । हिमालयले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिए ।
हिमालयकी रिमा कुँवर प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बनिन् । उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।
संगातीकी शर्मिला दमाई उत्कृष्ट सेटर, भावना डाँगी उत्कृष्ट सेटर, चन्द्रा बस्नेत उत्कृष्ट लिबरो, हिमालयकी रिता बोहरा उत्कृष्ट सर्भर बनिन् । संगातीका बाबुराम महतो उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानदार पुनरागमन गर्दै काठमाडौं स्पाइकर्सले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजलाई ३-२ ले हराएको छ। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको अर्थहिन खेलमा दुवै टोली जितका साथ यो सिजनको लिग अन्त्य गर्ने दाउमा रहेको थियो। जहाँ लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो। जहाँ २५-२३ र २६-२४ ले लगातार दुई सेट जितेर […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप २०२५ भाग लिन जाने नेपाली महिला कबड्डी टोलीलाई बिदाइ गरिएको छ। शनिवार सुरु भएर मंसिर ९ गते (नोभेम्बर १५ देखि २५ ) सम्म चल्ने विश्व कपमा यस वर्षको विश्वकपमा नेपालसहित बंगलादेश, भारत, जापान, जर्मनी, केन्या, चिनियाँ ताइपे, थाइल्यान्ड, इरान, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ राष्ट्र […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं स्पाइकर्स आजको खेलमा विजयी भएपनि एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुग्न असफल भएको छ। पोखरा निन्जाजलाई आज ३-१ ले हराएपनि सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न सकेन । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ। लिग चरणको अन्तिम खेलको नतिजाले ललितपुरलाई फरक पर्नेछ। लिगको अन्तिम दिन काठमाडौंले लुम्बिनी लायन्स र […]