default_image

11 months ago

January 3, 2025

इन्डो नेपाल भलिबल – एपिएफको संघर्षपूर्ण जित

2892 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ

प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो ।

चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । हिजो चौथो सेटमा पुगेर खरल स्थगित भएको थियो ।

शुक्रवार पहिलो सेट २५-१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट २५-२२ पनि आफ्नो पक्षमा पार्यो ।
एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए ।

तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जित्यो। गल्कोटले तेस्रो सेट २५-२२ तथा चौथो सेट ३३-३१ अंकमा जितेको थियो ।

निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०-१८ ले जित्यो ।

दिनको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको थियो । एकेडेमीले आफ्नो दोस्रो खेलमा  शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो।

एकेडेमीले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२३ अंकमाले थियो ।  तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतिको सामना गर्नु परेन।

मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३-१ मा पराजित भएको थियो ।
रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतवार मणीमुकुन्दसंग गर्नेछ ।  दुबै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिसको सामना गर्ने छ ।

समूह एमा रहेको  पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् ।  रुकुम पश्चिमले दुबै खेल‌गुमाएको छ। पमदन भण्डारी एकेडेमी १ जित र १ हार बेहोरेको छ ।
पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।

शनिवार ३ वटा खेल हुनेछन्। पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवल आर्मी क्लब र गल्कोटबिच हुनेछ ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले१ लाख ७५ हजार र चौथो टोलीले १लाख रुपैयाँ पाउनेछ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.